काठमाडौं माघ २२ ।
सूदरपश्चिमका खेलाडीलाई धनगढी प्रिमियर लिग (डीपीएल) मा सहभागी गराउन आयोजित को ट्यालेन्ट हन्ट आज सकिएको छ ।
दुई दिनसम्म चलेको ट्यालेन्ट हन्टबाट छानिएका ६ जना खेलाडीले आगामी चैत्र १७ गतेबाट सुरु हुने डीपीएलमा सहभागिता जनाउने छन् ।
ट्यालेन्ट हन्टमा एक सय बढी खेलाडीहरुको सहभागिता रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताउनुभयो । छनोटमा परेका खेलाडीहरुको नाम भोलि सार्वजनिक गरिने उहााले बताउनुभयो ।
ट्यालेन्ट हन्टबाट छनोट भएका १२ खेलाडीलाई डीपीएलको अक्सनको ‘डी’ समूहमा राखिनेछ । जसबाट प्रत्येक टिमले न्यूनतम २५ हजार देखि अधिकतम ४० हजारसम्म भाउ लगाउादै एक खेलाडीलाई अनिवार्य अनुबन्ध गर्नुपर्ने प्रावधान छ ।
प्रशिक्षक जंगबहादुर थापाले ट्यालेन्ट हन्टमा सहभागी खेलाडीहरुको मुल्यांकन गर्नु भएको थियो । डीपीएलमा देशका विभिन्न ६ शहरहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रत्येक टोलीले अक्सनबाट ११ खेलाडी, १ रणनैतिक खेलाडी, दुई विदेशी तथा एकजना ट्यालेन्ट हन्टबाट खेलाडी लिनुपर्ने व्यवस्था आयोजकले गरेको छ ।