पुलिस २० औं बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा

पुलिस २० औं बुढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा

  • सोमवार, माघ २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

सुनसरी, माघ २२ ।
नेपाल पुलिस क्लब धरानमा जारी २० औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको तेस्रो खेलमा पुलिसले सोमबार काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई २–० ले पराजित गर्दै अन्तिम चारमा ठाउँ पक्का गरेको हो ।

पुलिसलाई जिताउन ‘म्यान अफ द म्याच’ घोषित सुमन लामाले ६४औं मिनेटमा एक गोल गरे । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

त्यसअघि, खेलको २०औं मिनेटमा काँकडभिट्टाका विकास थुलुङले एक आत्मघाती गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत् भोली थ्रीस्टार क्लब र सुदूरपश्चिम–११ बीच खेल हुने आयोजकले जनाएको छ ।

८ टिमले भाग लिएको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ