आहा रारा गोल्डकपः धरानलाई पराजित गर्दै पुलिस फाईनलमा , उपाधिका लागी थ्रीस्टारसँग भिड्ने

आहा रारा गोल्डकपः धरानलाई पराजित गर्दै पुलिस फाईनलमा , उपाधिका लागी थ्रीस्टारसँग भिड्ने

  • बिहिबार, माघ १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

पोखरा, माघ १८ ।
विभागीय टोली नेपाल पुलिस क्लव कास्कीको पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ ।

आज दोस्रो सेमिफाइनलमा धरान फुटबल क्बललाई १ – ० ले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो।
पोखरा रंगशालामा भएको खेलमा पुलिसका लागी सुमन लामाले २२ औ मिनेटमा गरेको गोल नै जितका लागी पर्याप्त बन्यो ।धरानका रोमन लिम्बुले पुलिसका रवि पाश्वानलाई पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टी सुमन राईले सेकेन्ड बार च्यापेर प्रहार गर्दै गोलमा परिणत गरे । एक गोलले पछि परेपछि दबाबमा परेको धरानले दोस्रो हाफमा पाएका केही अवसरको सदुपयोग गर्न सकेन । खेलमा पुलिसका गोलकिपर शत्रुघन चौधरी म्यान अफ दी म्याच भए ।

अब उपाधिका लागी पुलिसले ललितपुरको थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

थ्रीस्टार पाहुना टोली बंगदादेशको उत्तर बरिन्धरा क्लबलाई पराजित गर्दै यसअघि नै फाईनलमा पुगिसकेको छ ।

१२ टोली सहभागी प्रतियोगिताको विजेताले सात लाख एक हजार र उपविजेताले तीन लाख ५१ हजार नगद पुरस्कार सहित ट्रफि हात पार्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ