काठमाडौं, माघ १५ । एफए कप फुटबल प्रतियोगिताको पाँचौ चरणमा पुग्ने १६ मध्ये १३ टोलीको टुंगो लागेको छ
तीनवटा खेल भने बराबरीमा टुंगिएकाले अब हुने रि प्ले पछि मात्रै बाँकी तीन टोलीको टुंगो लाग्नेछ ।
गएराति भएके खेलमा शीर्ष क्लबहरु म्यान्चेस्टर सिटी र चेल्सी एफए कप फुटबलको पाँचौ चरणमा प्रवेश गरेका छन् ।
चौथो चरणको खेलमा कार्डीफ सिटीलाई २ –० ले हराउँदै म्यान्चेस्टर सिटी अन्तिम १६ मा पुगेको हो । खेलमा म्यान सिटीलाई विजयी गराउन केभिन डे ब्रायन र राहिम स्टर्लिङले एक–एक गोल गरे ।
अर्को खेलमा न्यूकासल युनाईटेडलाई ३–० ले हराउँदै चेल्सी पनि राउण्ड अफ सिक्सटिनमा प्रवेश र्गयो ।
खेलमा चेल्सीलाई विजयी गराउन मिची बात्सुईले दुई तथा मार्कस अलन्सोले एक गोल गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline