नेपालको क्रिकेट विवाद समाधान गर्न मनिटरिङ कमिटी गठनको प्रस्ताव, आजको वार्ताबाट अन्तिम निष्कर्ष निकाल्ने

नेपालको क्रिकेट विवाद समाधान गर्न मनिटरिङ कमिटी गठनको प्रस्ताव, आजको वार्ताबाट अन्तिम निष्कर्ष निकाल्ने

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, माघ १५ ।

नेपाली क्रिकेटको विवाद समाधानका लागी काठमाण्डौ आएको आईसीसीको टोलीले मनिटरिङ कमिटी गठन गर्न प्रस्ताव गरेको छ ।

आईतवारबाट सरोकारवाला पक्षहरुसँग बिबादा समाधानको पहल स्वरुप छलफल गरिरहेको आईसीसीको टोलीले ५ सदस्यीय मनिटरिङ कमिटी गठन गर्ने प्रस्ताव गरेको हो ।

आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा, डेभलपमेन्ट अफिसर विलियम ग्लेनराईट र अमर शेखको टोलीले गरेको प्रस्ताव अनुसार ५ सदस्यीय मनिटरिङ कमिटीमा आईसीसीका तर्फबाट तीन जना सदस्य रहनेछन् ।

यसैगरी निर्वा्चित नेपाल क्रिकेट संघ क्यानको तर्फबाट एक तथा राष्ट्रिय खेलकुद परिषद राखेपको तर्फबाट एक जना सदस्य रहनेछन् ।

उक्त कमिटीलाई चतुरबहादुर चन्द नेतृत्वको निर्वा्चित क्यानले अनुमोदन गर्नुपर्नेछ । मनिटरिङ कमिटीले क्यानको नयाँ विधान अनुसार जिल्ला, क्षेत्र हुँदै केन्द्रसम्मको चुनाव गराउने जिम्मेवारी पाउनेछ ।

निर्वा्चित क्यानले यसअघि आईसीसीद्वारा स्विकृत विधान आफूखुशी संशोधन गरी सम्पन्न गराएको जिल्ला निर्वाचन भने स्वतः खारेज हुनेछ ।

आइसीसी टोलीले आज सरकारी प्रतिनिधिहिरुसँग पनि छलफल गरेपछि अन्तिम निष्कर्ष निकाल्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ