नेपाली क्रिकेट विवाद समाधानका लागि आइसिसीको टोली नेपाल आउदै

नेपाली क्रिकेट विवाद समाधानका लागि आइसिसीको टोली नेपाल आउदै

  • शुक्रबार, माघ १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ १२ माघ ।
नेपाली क्रिकेटको विवाद समाधानका लागि छलफल गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टोली भोलि नेपाल आउने भएको छ ।

आगामी फेब्रुअरी महिनामा आईसीसीको बोर्ड बैठक बस्ने भएकाले विवाद समाधानको अन्तिम प्रयास गर्न टोली काठमाडौं आउन लागेको हो ।

आईसीसीका कार्यवाहक प्रमुख ईमरान ख्वाजा नेतृत्वको टोलीले आईतबार सल्लाहकार समितिसँग छलफल गर्ने कार्यक्रम छ ।

देशभित्रैबाट विवाद समाधानको पहल गर्न आईसीसीले ८ सदस्यीय सल्लाहकार समिति बनाए पनि उक्त समितिले प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

समितिकै अग्रसरतामा क्यानको नयाँ विधान मस्यौदा गरिए पनि एक पक्षको सहमति बिना विधानमा संशोधन गरेपछि आईसीसीले त्यसलाई अस्वीकार गरेको थियो ।

आईसीसीले निलम्बित क्यान पुनर्गठन गर्न चित्तबुझ्दो कारण र आधार पेश गर्न दिएको मध्य डिसेम्बरसम्मको समय पनि सकिसकेको छ ।

यो भ्रमणमा समेत सहमति जुट्न नसके आइसिसीको आगामी बैठकले क्यानको सदस्यता खारेज गर्नेसम्मको चेतावनी यसअघि नै दिईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ