पाँचखालमा विषादी न्यूनीकरण अभियान शुरु ,६०० कृषक लाभान्वित

पाँचखालमा विषादी न्यूनीकरण अभियान शुरु ,६०० कृषक लाभान्वित

  • बुधबार, माघ १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

बनेपा, १० माघ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा विषादी न्यूनीकरण अभियान शुरु भएको छ ।

‘लबग्रिन नेपाल’को नेतृत्वमा वातावरणमैत्री एकिकृत दिगो कृषि विकास परियोजनामार्फत पाँच वर्षको अवधिमा रासायनिक विषादीको प्रयोगमा ९५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ ।

वातावरणमैत्री दिगो कृषिको अवधारणा स्थापित गरी रासायनिक मलको प्रयोगमा ९० प्रतिशतले कमी ल्याइने लबग्रिन नेपालका कार्यक्रम निर्देशक नारायण ज्ञवालीले बताउनुभयो ।

उहाँले दिगो कृषि, दिगो पशुपालन र वातावरण संरक्षणमा जोड दिँदै रु चार करोड ८५ लाख १६ हजारको बजेट निर्माण भएको जानकारी दिनुभयो ।

विषादी न्यूनीकरण अभियानअन्तर्गत आइपिएम कृषक पाठशाला सञ्चालन, आइपिएम प्रदर्शनीस्थल निर्माण तथा व्यवस्थापन, पशुमूत्र सङ्कलन, आधारभूत पशुपालन व्यवस्थापन तालीम, उन्नत् घाँसको उत्पादन, माटो परीक्षण प्रयोगशाला स्थापनामा सहयोगलगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने बताइएको छ । यस कार्यक्रमबाट ६०० कृषक लाभान्वित हुनेछन् ।

जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसीले माटोको व्यवस्थापन र विषादी न्यूनीकरणको विषय सबैको साझा र चासोको विषय भएको बताउनुभयो ।

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विषादी न्यूनीकरणका लागि विषादी मापनयन्त्रलाई भित्र्याउन लागिएको जानकारी दिँदै भू–संरक्षण नीति ल्याउन लागिएको बताउनुभयो ।

उक्त कार्यक्रम नगरपालिकाको दुईवटा वडा बाहेक सबैमा लागू हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी