आहा – रारा गोल्डकप भोलिदेखि हुने, विजेतालाई ७ लाख

आहा – रारा गोल्डकप भोलिदेखि हुने, विजेतालाई ७ लाख

  • सोमवार, माघ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

पोखरा, माघ ८ । आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको १६औं संस्करण भोलीदेखि पोखरामा सुरु हुँदैछ ।

प्रतियोगिताको तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ ।
उद्घाटन खेलमा आयोजक सहारा र सुदूरपश्चिम स्पोर्टिङ क्लब भिड्नेछन् ।
प्रतियोगितामा तीन विभागीय टिम–त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी, दुई विदेशी टिम–बरिन्धरा बंगलादेश र भारतको सिक्किम युनाइटेड, मोफसलका टिम–धरान फुटबल क्लब, झापा–११ र ‘ए’ डिभिजनको संकटा क्लब गरी १२ टोलीले भाग लिनेछन् ।

उपाधि विजेता टिमले ७ लाख १ हजार र उपविजेताले ३ लाख ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

भीआइपी प्यारापिट भत्काइएकाले दर्शकले भने खाली चौरमा बसेर खेल हेर्नपर्ने भएको छ । यो वर्ष भाग्यमानी दर्शकले टीभी र स्कुटर पुरस्कार पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ