बैतडी, ८ माघ ।
दशरथचन्द नगरपालिका–६ थालिगाडा प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
समूह चरणको अन्तिम खेलमा आज दशरथचन्द नगरपालिका–३ दुर्गाभवानीलाई पाँच विकेटले हराउँदै थालिगाडा सेमिफाइनल प्रवेश गरेको हो ।
बैतडीको बुड्डाबाजे क्रिकेट मैदान, रातामाटामा टस जितेर ब्याटिङ गरेको दुर्गाभवानी ८८ रनमा समेटियो । दुर्गाभवानीका गोविन्द भट्टले सर्वा्धिक ४५ रन बनाए । बलिङतर्फ थालिगाडाका शंकर महरले चार विकेट लिए ।
दशरथचन्दले १३.५ ओभरमा ८९ रनको लक्ष्य पूरा ग¥यो । चन्दन रावल र लोकेन्द्र रावलले १५÷१५ रन बनाए । बलिङतर्फ दुर्गाभवानीका गोविन्द भट्टले तीन विकेट लिए ।
चार विकेट लिएका थालिगाडाका शंकर महर ‘म्यान अफ द म्याच’ घोषित भएक छन् ।
भोली (मंगलबार) सेमिफाइनलका खेल हुने छन् । पहिलो सेमिफाइनल खेल देहिमाण्डौँ र थालिगाडाबीच तथा दोस्रो सेमिफाइनल खलंगा र ग्वाल्लेकबीच हुनेछ ।