बैतडी, माघ ६ । दशरथचन्द नगरपालिकाको वडा नम्बर–४ खलंगा बैतडीमा जारी प्रथम मेयरकप ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुड्डाबाजे क्रिकेट मैदान रातामाटामा आज भएको खेलमा वडा नम्बर–१० बाराकोटलाई २ विकेटले हराउँदै खलंगाले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बाराकोटले १९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११३ रन जोडेको थियो । डम्बर बुडालले सर्वा्धिक १६ रन बनाए ।
खलंगाका लागि मोहित भण्डारी, प्रदीप चन्द र सुरज बोहराले समान २र२ विकेट लिए ।
जवाफमा ११४ रनको विजयी लक्ष्य खलंगाले १९.२ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा र्गयो ।
खलंगाका राजु भाटले सर्वा्धिक २५ रन जोडे । उनी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।
माघ १० गतेसम्म सन्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ ओटै वडाका ११ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।