जनयुद्दले जन्माएका गायक सर्बिन बोगटी र गायिका पार्वती न्यौपानेको स्वर तथा विश्वास चन्द ठकुरीको सब्द रचना रहेको ‘हाम्रो कुरा साचो छ, देशमा विप्लवको खाँचो छ’ बोलको गीत शुक्रबारदेखी बजारमा आएको छ ।
बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत आर एन सि म्यूजिकको युट्युब च्यानलमार्फत सार्बजनिक भएको छ । गीतमा पुरानै ब्यबस्थालाई ब्यूताउने कोसिस गरिएको भन्दै देशमा विप्लवको खाँचो भएको बताइएको छ ।
पुरानो व्यवस्थाले जनतामा नाम मात्रको गणतन्त्र लाद्न खोजेको र र चरम शोषण दमन थोपरी रहेको भाव ब्यक्त गरिएको छ । त्यसैले उक्त व्यबस्थाको अन्त्य गरी जनताको ब्यबस्था बैज्ञानिक समाजवाद स्थापना गर्नको लागी सबै नेपालीलाई एक जुट हुन् आव्हान गीत मार्फत गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline