स्पेनिस कोपा डेल रेमा रियाल मड्रिड विजयी : प्रशिक्षक जिदानले भनेः ‘रियालको खराब समय सकियो’

स्पेनिस कोपा डेल रेमा रियाल मड्रिड विजयी : प्रशिक्षक जिदानले भनेः ‘रियालको खराब समय सकियो’

  • शुक्रबार, माघ ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, माघ ५ । स्पेनिस कोपा डेल रे फुटबलमा रियाल मड्रिडले लेगानेजालाई १-० ले हराएको छ ।

पछिल्लो समय खराब लयबाट गुज्रिरहेको रियाल मड्रिडले गएराती कोपा डेल रे फुटबल क्वाटरफाईनल पहिलो लेगको खेलमा लेगानेजलाई उसैको मैदानमा हराएको हो ।

खेलमा रियाल मड्रिडलाई विजयी गराउन मार्को एसेन्सियोले खेल सकिन एक मिनेट मात्रै बाँकी छँदा निर्णायक गोल गरे ।

जितपछि रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यो जित जारी सिजनको लागि टर्निङ प्वाईन्ट हुने बताए ।

रियालको खराब समय सकिएको जिकीर उनको छ । रियाल मड्रिड र लेगानेजविचको क्वाटरफाईनल दोस्रो लेगको खेल जनवरी २५ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ ।

क्वाटरफाईनल पहिलो लेगका अन्य खेलमा बार्सिलोना र ईस्पानियोल, सेभिया र एथ्लेटिको मड्रिड तथा भ्यालेन्सिया र आलाभेज भिड्दैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ