मेयरकप क्रिकेटमा त्रिपुरा विजयी

मेयरकप क्रिकेटमा त्रिपुरा विजयी

  • बिहिबार, माघ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

 

बैतडी, ४ माघ।

दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिपुरा टिम विजयी भएको छ ।

दशरथचन्द नगरपालिका– ८ त्रिपुराले वडा नं ११ नागार्जुनलाई हराएको छ । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा नागार्जुनलाई १०४ रनले हराएको हो ।

टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १९४ रन बनायो । एक सय ९५ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको नागार्जुन ९० रनमा समेटियो ।

शहीद दिवसका अवसरमा दशरथचन्द नगरपालिकाको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालन गरिएको हो । टि–ट्वान्टी प्रतियोगिताको विजेताले रु ५० हजार तथा उपविजेताले रु ३० हजार पुरस्कार प्राप्त गनेछन् । प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका टिमको सहभागिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ