नर्वीच सिटीलाई हराँउदै चेल्सी एफए कपको चौथो चरणमा

नर्वीच सिटीलाई हराँउदै चेल्सी एफए कपको चौथो चरणमा

  • बिहिबार, माघ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, माघ ४ । नर्वीच सिटीलाई हराँउदै चेल्सी एफए कप फुटबलको चौथो चरणमा पुगेको छ ।

चेल्सीको मैदानमा भएको खेलको निर्धारीत ९० मिनेटमा १ – १ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुग्यो ।

थपिएको समयमा चेल्सीका पेड्रो र मोराटा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी ९ जनामा समेटियो ।

यसपछि टाई ब्रेकरमा नर्वीच सिटीलई ५ – ४ ले हराँउदै चेल्सी चौथो चरणमा पुगेको हो ।

खेलको क्रममा रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भि.ए.आर.)को सही उपयोग नगरेको भन्दै आलोचना गरिएको थियो ।

एफए कप फुटबलका अन्य खेलहरुमा बर्नमाउथलाई हराउँदै विगान एथ्लेटिक तथा उल्भरह्याम्पटन वान्डरर्सलाई हराँउदै स्वान्सी सिटी चौथो चरणमा पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ