महिला डबल लिग भलिबल आजदेखि शुरु हुदैँ

महिला डबल लिग भलिबल आजदेखि शुरु हुदैँ

  • बिहिबार, माघ ४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, ४ माघ ।
ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ ।

नयाँ बसपार्क्स्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालन हुने प्रतियोगितामा काठमाडौँ र मोफसलका लागि गरी १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा तीन विभागीय टोलीसहित न्यू डायमन्ड एकेडेमी, काठमाडौँको पारामाउन्ट हाइस्कुल, न्यु डायमन्ड स्पोर्टस क्लब, श्री गाउँ स्पोर्टस् विकास समिति, पोखराको टप्स हाइस्कुल, पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल, भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल, मेघौली स्पोर्टस् फाउन्डेसन र थ्रीस्टार एकेडेमीको सहभागिता रहनेछ ।
आजदेखि माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले रु तीन तीन लाख २५ हजार तथा उपविजेताले रु एक लाख ७० हजार पाउनेछन् ।

त्यसैगरी तेस्रो हुनेले रु ८० हजार चौथोले रु ५० हजार, पाँचौँले रु ४० हजार, छैटौँले रु ३० हजार तथा साताँै स्थान हासिल गर्नेले रु २० हजार पुरस्कार पाउनेछन् ।

यस्तै बेष्ट स्पाइकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, क्वीकर र कोचले जनही रु पाँच हजार प्राप्त गर्नेछन् । त्यस्तै बेष्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज घोषित हुने खेलाडीले एक÷एक थान स्कुटर प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिता अवधिभर टिकट काटेर खेल हेर्ने दर्शकमध्ये लक्की ड्रबाटमार्फत एक जना दर्शकलाई पनि स्कुटर प्रदान गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ