मेयरकप क्रिकेटको उद्घाटन खेलमा नागार्जुन विजयी

मेयरकप क्रिकेटको उद्घाटन खेलमा नागार्जुन विजयी

  • बुधबार, माघ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

बैतडी, ३ माघ ।
शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकामा ‘प्रथम मेयरकप क्रिकेट प्रतियोगिता, २०७४’आजदेखि शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– २ देहिमाण्डांँैलाई ८० रनले हराउँदै दशरथचन्द नगरपालिका– ११ नागार्जुन विजयी भएको छ ।

बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा टस जितेर ब्याटिङ गरेकोे नागार्जुनले निर्धा्रित २० ओभरमा सबै विकेट गुमाउँदै १६१ रन बनायो । नागार्जुनका कप्तान राम चन्दले ३७ रन जोडेका थिए ।

बलिङतर्फ देहिमाण्डौँका ऋषिकेश बोहराले ह्याट्रिकसहित चार विकेट लिए ।

एक सय ६२ रनको लक्ष्यसहित मैदानमा उत्रेको देहिमाण्डौँ १६.४ ओभरमा ८१ रनमा समेटियो । देहिमाण्डौँका लागि ऋषिकेश बोहराले १५ रन जोडे । बलिङतर्फ नागार्जुनका मदन चन्दले तीन विकेट लिए । नागार्जुनका कप्तान राम चन्द म्यान अफ द म्याच भएको अम्पायर निरञ्जन बोहराले जानकारी दिनुभयो ।

दशरथचन्द नगरपालिकाको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघ र नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता सञ्चालन भएको हो ।

टि ट्वान्टी ढाँचामा भइरहेको प्रतियोगिताको विजेताले रु ५० हजार, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले रु ३० हजार तथा प्रतियोगिताका म्यान अफ द सिरिजलाई रु पाँच हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका टोलीको सहभागिता छ ।

प्रतियोगिताअन्तर्गत भोली (बिहीबार) पहिलो खेल वडा नं ८ र वडा नं ११ बीच तथा अर्को खेल वडा नं २ र वडा नं ८ बीच हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ