कैलाली, माघ ३ ।
धनगढीमा सम्पन्न भएको दोस्रो संस्करणको खप्तड गोल्डकपको टिकटवाट १८ लाख भन्दा बढी आम्दानी भएको छ ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लवको आयोजनामा ११ दिनसम्म सञ्चालन भएको गोल्डकपमा चिसो र शीतलहरका बाबजुत पनि १८ लाख ७० हजार रकम संकलन भएको हो ।
उद्घाटनको दिनमा झण्डै ५ हजार बढी दर्शक थिए भने फाईनलमा दर्शकहरु राख्ने ठाउँ नभएपछि आयोजकले टिकट नै बन्द गरेको थियो ।
प्रतियोगितालाई झण्डै ५० हजार दर्शकहरुले अवलोकन गरेको प्रतियोगिताका प्रवक्ता ओम विक्रम चन्दले जानकारी दिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline