एफए कप : लेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड चौथो चरणमा प्रवेश

एफए कप : लेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड चौथो चरणमा प्रवेश

  • बुधबार, माघ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, माघ ३ । लेस्टर सिटी र वेष्ट ह्याम युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । पहिलो खेल बराबरीमा सकिएपछि दुबै टोलीले दोस्रो चरणमा भएको रि प्ले मा जित हात पारेका हुन् ।

फ्लीटउड टाउनलाई २ – ० ले हराउँदै लेस्टर सिटी चौथो चरणमा पुगेको हो । खेलमा लेस्टरलाई विजयी गराउन दुवै गोल केलेची ईहिनाचोले गरे ।

यस्तै अर्को खेलमा श्रिउस्वरी टाउनलाई १ – ० ले हराउँदै वेष्ट ह्याम युनाईटेड पनि चौथो चरणमा उक्लिएको छ ।

अन्य खेलमा विजयी हुँदै कार्डिफ सिटी, सेफिल्ड वेनस्डे र रिडिङ पनि चौथो चरणमा उक्लिएका छन् ।

एफए कप फुटबलकै अर्को खेलमा आज राती चेल्सी र नर्वीच सिटी भिड्नेछन् ।

नर्वीच सिटीको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएपछि आज राती रि प्ले हुन लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ