विश्व कप क्रिकेट क्वालिफायरको खेल तालिका सार्वजनिक, डिभिजन टू को शीर्ष दुईमा रहे नेपालले खेल्न पाउने

विश्व कप क्रिकेट क्वालिफायरको खेल तालिका सार्वजनिक, डिभिजन टू को शीर्ष दुईमा रहे नेपालले खेल्न पाउने

  • मङ्लबार, माघ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं २ माघ ।

आन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले सन् २०१९ मा इंगल्याण्डमा हुने वान डे वर्ल्ड कप क्रिकेटको क्वालिफायरको खेल तालिका सार्वजनिक गरेको छ

आइसीसीले सहभागि दश टिमलाई दुई समहूमा विभाजन गरेर खेल तालिका सार्वजनिक गरेको हो ।

आगामी मार्चमा जिम्वावेमा हुने उक्त क्वालिफायरमा कूल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । त्यसबाट फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष इंगल्याण्डमा हुने वर्ल्ड कप खेल्न पाउनेछ ।

आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को शीर्ष दुई टिमले जिम्वावेमा मार्च ४ देखि २५ सम्म हुने क्वालिफायरमा खेल्नेछ

क्वालिफायर खेल्ने दश मध्ये ८ टिमको छिनोफानो भइसकेको छ भने बाँकी दुई टिमको तय फेब्रुअरीमा नामिवियामा हुने डिभिजन टू बाट हुनेछ ।

जसअनुसार समूह ए मा वेष्टइन्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवान्युगिनी, डिभिजन टू को विजेता रहनेछ । यस्तै समूह बी मा अफगानिस्तान, जिम्वावे, स्कटल्याण्ड, हङकङ र डिभिजन टू को उपविजेता रहनेछन् ।

प्रतियोगिता हुनुअघि फेब्रुअरी २७ र मार्च १ मा वार्म अप म्याच हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ