मेयरकप क्रिकेट प्रतियोगिता भोलिदेखि, सबै तयारी पुरा

मेयरकप क्रिकेट प्रतियोगिता भोलिदेखि, सबै तयारी पुरा

  • मङ्लबार, माघ २, २०७४
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

बैतडी, माघ २ ।
शहीद दिवसको अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा भोली देखि सुरु हुने प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ तयारी पुरा भएको छ ।

प्रतियोगिताको भोली १० बजे एक औपचारिक कार्यक्रमकाबीच उदघाटन गरिने भएको छ ।

प्रतियोगिताको उदघाटन खेलमा दशरथचन्द नगरपालिकाको वडा नम्बर २ देहीमाडौं र वडा नम्बर ११ नागार्जुनबीच हुने भएको छ । उदघाटन खेल मध्यान्ह साढे १२ बजेपछि सुरु हुने जनाईएको छ ।

दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघ, नगर क्रिकेट समितिको प्राविधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । दशरथचन्द नगरपालिका–१० स्थित बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिता टि ट्वान्टी फरम्याटमा हुने जनाईएको छ ।

माघ १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ वटै वडाका ११ टिमको सहभागिता रहने भएको छ ।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद, ट्रफी र प्रमाणपत्र, द्वितीय पुरस्कार ३० हजार नगद, र म्यान अफ द सिरीज १ जनालाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र राखिएको छ ।

मेयरकप क्रिकेट प्रतियोगिताले बैतडीमा क्रिकेटको विकास हुनुका साथै नगरभित्र रहेका क्रिकेटका नयाँ प्रतिभाको खोजी गर्न सहयोग मिल्ने विश्वास गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ