नविता र स्यान्टु बने राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको च्याम्पियन

नविता र स्यान्टु बने राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको च्याम्पियन

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं पुस २९ ।

राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं हुआवे राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले जितेका छन् । दुवै खेलाडी आज भएको फाइनल खेलमा आफ्नै विभागका खेलाडीलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा स्यान्टुले पुलिसकै विनेश खानियाँलाई ११–५, ११–४, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरेका हुन । ्

महिलातर्फ पुलिसकी नविता श्रेष्ठले आफ्नै विभागकी एलिना महर्जनलाई १२–१०, ११–१, ११–२ र १२–१० सोझो सेटमा पराजित गरिन ्। नविताले सेमिफाइनलमा आर्मीकी दीक्षा तामाङलाई हराएकी थिइन । दीक्षा आर्मीकै स्वेच्छा नेम्वाङ्गलाई हराउँदै सेमिफाइनल पुगेकी थिइन ्।

मिक्स्ड डबल्सतर्फ आर्मीका स्वेच्छा नेम्वाङ्ग र चन्दन शाहीको जोडीले एपीएफका अमरबहादुर मल्ल र सेलिशा खड्गीको जोडीलाई ११–६, ८–११, ११–७ र ११–९ले पराजित गरेका हुन ।

७ स्पर्धा समावेश प्रतियोगितामा प्रहरीले ६ स्वर्णमाथि कब्जा जमाएको छ । प्रहरीले मिक्स डबल्समा मात्र स्वर्ण जित्न सकेन । चार दिन चलेको प्रतियोगितामा ३ क्षेत्र र ३७ जिल्ला संघ गरी ४० टिमका २ सय ३५ खेलाडीले सहभागिता जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ