पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते

पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ७ गते

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

 

पोखरा, २९ पुस । १२औँ सफल पोखरा अन्तर्रा्ष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ७ गते हुने भएको छ ।

भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराले पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगितामा बिभिन्न स्पर्धामा धावकहरुले प्रतिस्पर्धा गर्ने जानकारी दिएको हो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु ७० हजार, रु ४५ हजार र रु ३० हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्ने मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

त्यस्तै १० किलोमिटर पुरुष र महिला दौड पनि आयोजना गरिनेछ ।

उक्त प्रतियोगितामा प्रथम रु १५ हजार, द्वितीय रु १० हजार र तृतीय रु पाँच हजार तथा पाँच किलोमिटर छात्रछात्रा दौडमा प्रथम रु १० हजार, द्वितीय रु सात हजार र तृतीय हुनेले चार हजार नगद पुरस्कार पाउनेछन् ।

यसरी नै ४०० मिटर ह्विल चियर पुरुष तथा महिलामा प्रथम, द्वितीय र तृतीयले क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार दिइनेछ ।

यो पटक १०० मिटर दृष्टिविहीन दौड पनि आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु पाँच हजार, रु तीन हजार र दुई हजार पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ