पहिलो पटक साउदी महिला फुटबल हेर्न रंगशालामा

पहिलो पटक साउदी महिला फुटबल हेर्न रंगशालामा

  • शनिबार, पुस २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, पुस २९ । परम्परावादी मुलुक साउदी अरेबियाले महिलालाई पहिलो पटक फुटबल खेलको दर्शकदीर्घा (प्यारापिट) मा बस्न दिएको छ ।

महिलामाथि कडा नियम लागू रहेको मुस्लिम मुलुक साउदी अरेबियामा शुक्रबार पहिलो पटक फुटबल खेलको दर्शकदीर्घामा महिलालाई बस्न दिइएको हो ।

जेद्धाह शहरस्थित रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु परिवारसहित आएका थिए ।

उनीहरुलाई रंगशालामा परिवारका सदस्यसँगै राखिएको थियो । स्थानीय क्लबबीचको खेल हेर्न आएका महिलालाई रंगशालमा खटिएका महिला कर्मचारीले नै भित्र छिराएका थिए ।

साउदी अरेबियामा दशकौंदखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध थियो । तर युवराज मोहम्मद विनको सुधार योजनाअन्तर्गत बिस्तारै परिवर्तन हुन थालेको छ ।

यो महिना समग्रमा तीन खेलमा महिलालाई रंगशालमा गएर हेर्ने दिइने छ ।

यस्तै युवराज मोहम्मद बिनको योजना अनुसार नै महिलालाई गाडी चलाउन नपाउने गरी लागेको प्रतिबन्ध पनि फुकुवा भएको छ । आउँदो जुन महिनादेखि महिलाले गाडी चलाउन थाल्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ