नेत्रहीन विश्वकप क्रिकेटमा बंगलादेशसँग नेपाल ४ विकेटले पराजित

नेत्रहीन विश्वकप क्रिकेटमा बंगलादेशसँग नेपाल ४ विकेटले पराजित

  • बुधबार, पुस २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं, पुस २६ ।
नेत्रहीन विश्वकप क्रिकेटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

नेपाल आज बंगलादेशसँग ४ विकेटले पराजित भएको हो । पाकिस्तानको लाहोरमा जारी खेलमा नेपालले दिएको २ सय ३५ रनको लक्ष्य बंगलादेशले ३३ ओभर ३ बलमा ६ विकेट गुमाएर भेटाएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभरमा ९ विकेट गुमाएर २ सय ३४ रन बनाएको थियो । नेपालका लागि कप्तान कृतन श्रेष्ठ दुवालले ६६ रन बनाएका हुन ।

हिजो भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो । बंगलादेश पनि पाकिस्तानसँग ९ विकेटले नै पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेल श्रीलंकासँग शुक्रबार दुबईमा खेल्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ