काठमाडौँ, २६ पुस।
नेपालका उच्च हिमाली भेगलाई अन्तर्रा्ष्ट्रिय क्षेत्रमा चिनाउन स्की खेलको अन्तर्रा्ष्ट्रिय प्रतियोगिता गरिने भएको छ ।
आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी प्रतियोगिता सन् २०१८ को अन्तिम सातादेखि मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आयोजना हुने जानकारी गराईएको हो ।
दश भन्दा बढी देशका स्की खेलाडीले सहभागिता जनाउने प्रतियोगितामा मुख्य पथप्रदर्शक कृष्ण थापाले गर्नुहुने आयोजक हिमालय स्की ट्रेडले जनाएको छ ।
अन्तर्रा्ष्ट्रिय स्की खेलाडीसमेत रहनुभएका थापाले नेपालका हिमाली क्षेत्रमा स्कीको अन्तर्रा्ष्ट्रिय प्रतियोगिता गराउन सम्भव छ भन्ने सन्देश विश्वसामु दिन प्रतियोगिता आयोजना गर्न लागेको बताए ।
हरेक वर्ष जनवरीको पहिलो हप्ता उहाँको मुख्य संयोजनमा मुक्तिनाथ, गोसाइँकुण्ड, धौलागिरि क्षेत्रमा स्की तालीमसमेत हुँदै आएको छ । यसपटकको तालीममा नेपालसहित विश्वका ६० भन्दा बढी युवाको सहभागिता रहेको थियो ।
पत्रकारसम्मेलनमा हिमालय स्की ट्रेडका पूर्व प्रबन्ध निर्देशक एवं स्की खेलाडी ललितबहादुर श्रीसले नेपालका हिमाली क्षेत्र स्की खेलका लागि आकर्षक गन्तव्य रहेको बताए । नेपालमा स्की खेल प्रवद्र्धन गर्न सहयोग गरिरहनुभएका हिमालय स्की ट्रेडका व्यवस्थापक प्रभात अधिकारीले सरकारले स्की खेलको विकास गर्न सहयोग गर्नुपर्ने धाराणा राखेका थिए ।