भुटानको ड्रक स्टार क्लब र रुपन्देही -११ बीच प्रतिस्पर्धा हुँदै

भुटानको ड्रक स्टार क्लब र रुपन्देही -११ बीच प्रतिस्पर्धा हुँदै

  • मङ्लबार, पुस २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

धनगढीमा जारी सर्वाधिक पुरस्कार राशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज पाहुना टोली भुटानको ड्रक स्टार क्लब र रुपन्देही ११ बीच प्रतिस्पर्धा हुँदैछ ।

दुई टोलीबीचको प्रतिस्पर्धा धनगढीस्थित स्थानीय रंगशालामा दिउँसो २ बजेपछि सुरु हुनेछ । भुटानी क्लबमा भुटानको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडी समेत रहेका छन् । रुपन्देही ११ मा पनि राष्ट्रिय लिग खेलिसकेका खेलाडीहरु रहेकाले दुई टोलीबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ ।

यसअघि हिजो भएको खेलमा झापा ११ लाई ३–१ ले हराउँदै थ्रीस्टार क्लब प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको थियो । प्रतियोगितामा १२ टोली सहभागी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ