खप्तड गोल्डकपः थ्री स्टारको विजयी शुुरुआत

खप्तड गोल्डकपः थ्री स्टारको विजयी शुुरुआत

  • सोमवार, पुस २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

धनगढी, २४ पुस । 

‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्री स्टारले रमपम झापा–११ लाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी शुरुआत गरेको छ ।

स्थानीय रङ्गशालामा आज भएको खेलमा ३४ औँ मिनेटमा विदेशी मार्टिनको गोलबाट अग्रता लिएको थ्री टारले ३९ औँ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता दोब्बर बनायो । लगत्तै झापा–११ का लागि कर्ण लिम्बूले ४१ औँ मिनेटमा गोल गर्दै अग्रता घटाएका थिए । झापाका तर्फबाट गोल भएलगत्तै ४३ औँ मिनेटमा थ्री स्टारका तर्फबाट चेम्जोङले दोस्रो गोल गरेका थिए । दोस्रो हाफमा भने दुवैतर्फबाट गोल हुन सकेन ।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै झापा–११ का प्रशिक्षक प्रवेश कटवालले खेलाडीले राम्रै खेलेर पनि आफ्नै गल्तीका कारण पराजय भोगेको बताउनुभयो । थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लामो समयपछि फुटबल खेलमा फर्केको टोलीले सुखद् नतिजा दिन सफल भएको प्रतिक्रिया दिनुभयो । मंगलबार डुक स्टार भुटान र रुपन्देही–११ बीच हुने आयोजकका सञ्चार संयोजक सीताराम ओझाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ