आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट,बिनोद भण्डारी र सागर पुनले स्थान पाएनन् !

आइसिसी विश्व लिग क्रिकेटका लागि खेलाडी छनोट,बिनोद भण्डारी र सागर पुनले स्थान पाएनन् !

  • बिहिबार, पुस २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

 

काठमाडौँ, २० पुस।  नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ ।

फेब्रुअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले २१ खेलाडीको छनोट गरेको हो ।

छनोट हुनेमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल, करण केसी, अनिलकुमार शाह, वसन्त रेग्मी, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, दिपेश श्रेष्ठ, ललित भण्डारी, ललितनारायण राजवंशी र आरिफ सेख छन् ।

त्यस्तैगरी, शक्ति गौचन, शरद भेषवाकर, सिद्धान्त लोहनी, सोमपाल कामी, रसिद खान, किशोर महतो, सन्दीप लामिछाने, सुनिल धमला तथा सुशन भारी छनोट भएका छन् । रसिद र कशोर भने पहिलोपटक टोलीमा समावेश भएका हुन् ।

राष्ट्रिय टोलीका दुई खेलाडी विनोद भण्डारी र सागर पुन भने प्रारम्भिक चरणमा परेनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ