पदक जित्ने कराते खेलाडी सम्मानित

पदक जित्ने कराते खेलाडी सम्मानित

  • बिहिबार, पुस २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौँ, २० पुस ।  नेपाल सिन क्योकुसिन कराते संघले जापानमा भएको तेस्रो सिजुका अन्तर्राष्ट्रिय फ्रेण्डसिप सिन क्योकुसिन कराते खुला प्रतियोगितामा विजेता खेलाडीलाई आज सम्मान गरेको छ । 

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा आयोजित कार्यक्रममा उक्त प्रतियोगितामा उत्कृष्ट घोषित खेलाडी रामहरि आलेमगर, रजतपदक विजेता डिसान तामाङ र प्रशिक्षक कुमार श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टले सम्मान गर्नुभयो ।

प्रतियोगितामा नेपालको तर्फबाट आलेमगरले ७० केजीमाथि तौल समूहमा जापानका खेलाडीलाई पराजित गर्दै उत्कृष्ट खेलाडी चुनिएका हुन् । त्यसैगरी, तामाङले १५ वर्षमुनि उमेर समूहको फाइनल खेलमा जापानका खेलाडीसँग पराजित भई रजत पदकमा चित्त बुझाएका थिए ।

कार्यक्रममा सदस्य सचिव विष्टले जापान जस्तो विकसित मुलुकमा गएर उपाधि ल्याउनु सामान्य करा नभएको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मुलुकमा नेपाललाई चिनाउने सवैभन्दा उपयुक्त माध्यम खेलकुद भएको बताउँदै यस किसिमको सम्मानले खेलाडीलाई अगाडि बढ्न अझ प्रेरित गर्ने बताउनुभयो ।

गत अक्टोबर २७ र २८ तारिखमा जापानको सुजोवका सहरमा सम्पन्न उक्त प्रतियोगितामा विभिन्न २६ राष्ट्रका खेलाडीले भाग लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ