आर्सनल र चेल्सी बराबरीमा रोकिए, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

आर्सनल र चेल्सी बराबरीमा रोकिए, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

  • बिहिबार, पुस २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

काठमाडौं, पुस २० । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गगत गएराति भएको खेलमा आर्सनल र चेल्सीले २-२ गोलको बराबरी खेलेका छन् ।

आर्सनलको मैदानमा भएको खेलमा घरेलु टोलीका ज्याक विल्सेरले पहिलो गोल गरे । यसपछि एडिन हाजार्डले पेनाल्टीमार्फत गोल गर्दै चेल्सीलाई खेलमा फर्काए ।

८४ औं मिनेटमा मार्कस अलन्सोले एक गोल थप्दै पाहुना टोली चेल्सीलाई २-१ को अग्रता दिलाए । तर खेलको अन्तिम मिनेटमा आर्सनलका हेक्टर बेलेरिनले बराबरी गोल गर्न सफल भए ।

यो बराबरीपछि चेल्सीले अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडलाई उछिन्ने मौका गुमाएको छ ।

लिगमा २२ खेलबाट ६२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ । दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने ४६ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ