म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा उक्लियाे

म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा उक्लियाे

  • मङ्लबार, पुस १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, पुस १८ । म्यान्चेस्टर युनाईटेड एभर्टनलाई हराउँदै इङ्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति एभर्टनको मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाईटेडलाई २-० ले विजयी गराउन एन्टोनी मार्टियल र जेस्सी लिङ्गार्डले एक-एक गोल गरे ।

जितपछि म्यान्चेस्टर युनाईटेडले दोस्रो स्थानको चेल्सीलाई उछिनेको छ । २२ खेलबाट म्यान्चेस्टर युनाईटेडको ४७ अंक छ भने एक खेल कम खेलेको चेल्सीको ४५ अंक छ ।

शीर्ष स्थानको म्यान्चेस्टर सिटीको भने ५९ अंक रहेको छ । प्रिमियर लिग फुटबलमा गएराति लिभरपुलले बर्न्लेलाई २-१ ले हराउँदा लेष्टर सिटीले हडर्सफिल्ड टाउनलाई ३-० ले पराजित गर्‍यो ।

यसैगरी न्युकासल युनाईटेडले स्टोक सिटीलाई १-० ले हराउँदा ब्राईटन र बर्नमाउथले २-२ गोलको बराबरी खेलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ