म्यानचेष्टर सिटीलाई जितको शृङ्खलामा पूर्णविराम

म्यानचेष्टर सिटीलाई जितको शृङ्खलामा पूर्णविराम

  • सोमवार, पुस १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं, पुस १७ । इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको कीर्तिमानी जितको शृङ्खलामा पूर्णविराम लागेको छ ।

गएराती भएको खेलमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेपछि म्यान्चेस्टर सिटीको १८ खेल लामो लगातार जितको शृङ्खला रोकिएको हो ।

खेलको ईन्जुरी समयमा क्रिष्टल प्यालेसले पाएको पेनाल्टी अवसरलाई सिटीका गोलरक्षक एडर्सनले विफल पारेपछि म्यान सिटी हारबाट भने जोगिएको थियो ।

जारी लिगको एकमात्र अपराजित टोली म्यान सिटीले अहिलेसम्म खेलेका २१ खेलमध्ये २ वटामा बराबरी गरेको छ भने बाँकी १९ खेल जितेको छ ।

प्रिमियर लिग फुटबलमा गएराति आनर्सनललाई वेष्ट ब्रोमले १÷१ गोलको बराबरीमा रोकेको छ । वेष्ट ब्रोमका जेम्स म्याक्क्लीनले आत्माघाति गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ।

तर अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई वेष्ट ब्रोमका जे रोड्रिग्वेजले गोलमा बदलेपछि खेल बराबरीमा सकिएको हो ।

प्रिमियर लिगमा २१ खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

समान खेलबाट ४५ अंकसहित चेल्सी दोस्रो स्थानमा छ भने ४४ अंक जोडेको म्यान्चेष्टर युनाइटेड तेस्रो स्थानमा झरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ