सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको खेलतालिका सार्वजनिक

सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको खेलतालिका सार्वजनिक

  • शनिबार, पुस १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

कैलाली, पुस १५ । पुस २१ गतेदेखि हुने सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।

सार्वजनिक तालिकाअनुसार धनगढी रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११ र च्यासल युथ क्लब काठमाडौं भिड्ने भएका छन् ।
प्रतियोगितामा च्यासलले पहिलोपटक सहभागिता जनाउन लागेको हो । च्यासललाई ‘ए’ डिभिजनमा र्पुयाउनेक्रममा सुदूरपश्चिम–११ का ९ जना खेलाडीहरुले सो क्लबबाट ‘बी’ डिभिजन लिग खेलेका थिए ।

११ दिनसम्म चल्ने दोस्रो संस्करणको प्रतियोगितामा सहभागी १२ टोलीहरुलाई दुई समूहमा विभाजन गरेर खेलतालिका सार्वजनिक गरिएको हो ।

समूह ‘ए’मा आयोजक टिम र च्यासलसँगै सहारा क्लब पोखरा, सशस्त्र प्रहरीको एपीएफ, धरान फुटबल क्लब र संकटा क्लब रहेका छन् ।

समूह ‘बी’मा मनाङ–मर्स्याङ्दी, डुक स्टार भुटान, रुपन्देही–११, थ्रीस्टार क्लब, झापा–११ र त्रिभुवन आर्मी क्लब रहेका छन् ।

चार टोलीले सीधै क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।
समूह ‘ए’बाट सुदूरपश्चिम–११ र च्यासलले सीधै क्वार्टरफाइनलमा स्थान बनाउँदै सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बी’बाट मनाङ र आर्मी सीधै क्वार्टरफाइनलमा पुगेका छन् ।

सुदूरपश्चिम–११ स्पोर्टस् क्लबको आयोजनामा यही पुस २१ देखि माघ १ गतेसम्म धनगढीमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित ११ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ पाउनेछ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ