भैरहवामाथि १ रनको रोमाञ्चक जितसँगै विराटनगर बन्यो च्याम्पियन

भैरहवामाथि १ रनको रोमाञ्चक जितसँगै विराटनगर बन्यो च्याम्पियन

  • शनिबार, पुस १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौ १५ पौष ।

भैरहवा ग्लाडिएटर्समाथि १ रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेष्ट प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । प्रतियोगितामा अपराजित रहँदै बिराटनगरले उपाधि हात पारेको हो ।

कीर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा आज भएको सनसनी पूर्ण खेलमा भैरहवा ग्लाडिएटर्सलाई एक रनले पराजित गर्दै बिराटनगरले २१ लाख रुपैयाँ पुरस्कार हात पार्यो ।
अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा अनिलकुमार शाहले ७ खर्चेर ३ विकेट लिएपछि बिराटनगरको जित सम्भव भएको हो ।
बिराटनगरले भैरहवालाई लिग चरणमा ३५ रन र क्वालिफायर राउण्डमा ८ विकेटले पराजित गरेको थियो । बिरानगरले दिएको १ सय ५० रनको लक्ष्य भैरहवाले निर्धा्रित ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रनमात्र बनाउन सक्यो ।
भैरहवाका लागि क्याप्टेन शरद भेषावकरले कप्तानी पारी खेल्दै ३९ बलमा ५२ रन जोडेपनि टाोलीलाई जित भने दिलाउन सकेनन ।
करण केसीको डाइरेक्ट हिटमा रनआउट हुनु पूर्व उनले चार चौका र समान छक्का प्रहार गरेका थिए । प्रथम सालुन्केले ३० र आरिफ शेखले २७ रन जोडेका थिए ।

अन्सुमन रथले एक ओभरमा ३६ रन दिएपछि भैरहवा एक समय जित नजिक पुगेको थियो तर क्याप्टेन पारस खड्काले ३ तथा करण केसी र अनिल शाहले समान २ विकेट लिएपछि बिराटनगर उपाधि जित्न सफल भयो ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको बिराटनगर वाारियर्सले निर्धा्रित ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रनको योगफल तयार पारेको थियो । अन्सुमन रथले ४१, क्याप्ेटन पारस खड्काले २७ र अनिलकुमार शाहले २२ रन जोडेका थिए ।
यसअघिका सवै इनिङ्समा उल्लेख्य पारी खेलेका बाबर हायत ११ रनमा आउट भएपछि वाारियर्सको इनिङ्स धरमराएको थियो ।
करण केसी र बसन्त रेग्मले अन्तिम चार बलमा १२ रन जोडेका थिए । कृष्ण कार्की र हरिशंकर शाहले समान २ तथा शरद भेषावकर र आरिफ शेखले समान एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ