काठमाडौँ, १४ पुस ।
सवार्धिक पुरस्कार राशि भएको एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत दोस्रो संस्करणको फाईनल खेल भोलि शनिबार हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काको नेतृत्व टोली विराटनगर वारियर्स र शरद भेषवाकरको टोली भैरहवा ग्लाडिएटर्सबीच उपाधिका लागी भिडन्त हुदैँ छ ।
विजेता टोलीले ेपाली क्रिकेट इतिहासमा नै सर्वा्धिक रु २१ लाख प्राप्त गर्नेछ । यसअघि राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा रु २० लाख पुरस्कार राशि थियो ।
बिहीबार भएको खेलमा भैरहवाले ललितपुर प्याट्रियट्सलाई तीन विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।
यता विराटनगर भने जारी प्रतियोगिताको एक्लो अपराजित टोली हो । त्यस्तै भैरहवाले पनि विराटनगरबाहेक अरु सबै खेलमा जित हात पारेको छ ।
विराटनगरले समूह चरणमा ३५ रन तथा पहिलो क्वालिफायरमा ८ विकेटले भैरहवालाई पराजित गरेको थियो । अब फाइनल खेलमा भैरहवालाई विराटनगरसँग हारको बदला लिने अवसरसमेत हुनेछ ।