भैरहवा ईपीएलको फाइनलमा, उपाधिका लागि विराटनगरसँग भिड्ने

भैरहवा ईपीएलको फाइनलमा, उपाधिका लागि विराटनगरसँग भिड्ने

  • बिहिबार, पुस १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौँ पुष १३ ।

भैरहवा ग्लाडीयटर्सलाई टीभीएस एभरेस्ट प्रिमियर लिग (ईपीएल)क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो क्वालिफायरमा भैरहवाले ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गर्दै विराटनगरसँगको भेट पक्का गरेको हो ।
रोहितकुमार पौडेलले अन्तिम ओभरको सुरुआती दुई बलमा लगातार छक्का प्रहार गर्दै टिमलाई जित दिलाउन महत्वपूर्ण भुमिका खेले । रोहितले अविजित २७ रन प्रहार गरे ।

पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३२ रनको योगफल खडा गरेको थियो । ओपनर जयकिशन कोल्सावालाले सर्वा्धिक ४२ रनको योगदान दिए । सन्नी पाटिलले २४ र दिपेश भण्डारीले २२ रन जोडे । भैरहवाका पुनित मेहेराले २ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले ३ बल बाँकी छँदै लक्ष्य भेट्टायो । ओपनर प्रथम सालुन्केले ३२ रनको योगदान दिएका थिए ।
अन्तिम ओभरमा १३ रन आवश्यक पर्दा रोहितले दिपेश भण्डारीको पहिलो दुई बलमा लगातार छक्का प्रहार गरे । ललितपुरका लागि पवन सर्राफ र ललित राजवंशीले २(२ विकेट लिए ।
अब ईपीएल क्रिकेटको उपाधिका लागी विराटनगर वारियर्स र भैरहवा ग्लाडीयटर्स बीचको फाइनल खेल शनिबार हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ