भैरहवालाई ८ विकेटले हराउँदै विराटनगर वारियर्स इपीएल क्रिकेटको फाईनलमा प्रवेश

भैरहवालाई ८ विकेटले हराउँदै विराटनगर वारियर्स इपीएल क्रिकेटको फाईनलमा प्रवेश

  • बुधबार, पुस १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, पुस १२ ।
भैरहवा ग्ल्याडिएटर्सलाई ८ विकेटले हराउँदै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर मैदानमा आज भएको खेलमा भैरहवाले दिएको १ सय २८ रनको विजयी लक्ष्य विराटनगरले १७ ओभरमा २ विकेट गुमाएर पुरा ग¥यो ।

विराटनगको लागि बाबर हयातले ४४ बलमा ६२ रन तथा कप्तान पारस खड्काले २४ बलमा अविजित ४२ रनको महत्वपूर्ण पारी खेले ।

यसअघि खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो ।

भैरहवाका लागि पुनित मेहेराले सर्व्धिक ४९ रन तथा आशिफ शेखले ४६ रन जोडेका थिए ।

यो जितसँगै पारस खड्काको कप्तानीमा रहेको विराटनगरले फाईनलमा स्थान सुरक्षित गर्दा पराजित टोली शरद भेषावकरको भैरहवाले दोस्रो क्वालीफायर खेल्नुपर्ने भएको छ ।

भैरहवाले अब ललितपूर प्याट्रिएट्स र पोखरा राईनोजबिचको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ