नेपाली कराँते टोलीलाई सीमावर्ती क्षेत्र बेलहियाबाट बिदाइ

नेपाली कराँते टोलीलाई सीमावर्ती क्षेत्र बेलहियाबाट बिदाइ

  • मङ्लबार, पुस ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

भैरहवा, पुस ११ । तेस्रो दक्षिण एसियाली अन्तर्रा्ष्ट्रिय कराँते तथा किकबक्सिङ च्याम्पियनसिप प्रतियोगितामा भाग लिने नेपाली खेलाडीहरुलाई आज बिदाई गरिएको छ ।

भारतको नयाँदिल्लीस्थित तालकोटा रंगशालामा यही पुस १३ र १४ गते हुने अन्तर्रा्ष्ट्रिय कराँते तथा किकबक्सिङ च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई भारतीय सीमावर्ती क्षेत्र बेलहियाबाट बिदाइ गरिएको हो ।

रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवाली, भैरहवा भन्सार कार्यालयका प्रमुख भूपालराज शाक्य, नेपाल कराँते महासंघ पश्चिमाञ्चल अध्यक्ष भरतबहादुर केसीलगायतले खेलाडीलाई नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरेर बिदाइ गरे ।

जापान गोजुरियो कराँते डो मिसन संघ नेपालका मुख्य प्रशिक्षक तथा फाउन्डर केबी राना (काजी)को नेतृत्वमा नेपाली टोलीले प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश र माल्दिभ्सका खेलाडीको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीसँगै सहायक प्रशिक्षक सन्तु चौधरी, टिम म्यानेजर गिरी पुन, कोडिर्नेटर उमेश थापामगर, भीमसेन थापालगायत ३० सदस्यीय टोली भारततर्फ प्रस्थान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ