काठमाडौं, पुस ११ । काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताको अन्तिम चारको छनोट समीकरण पूरा भएको छ ।
६ टोलीले सहभागिता जनाएको प्रतियोगितामा शतप्रतिशत नतिजासहित १० अंकका साथ विराटनगर वारियर्स शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको छ ।
त्यस्तै, भैरहवा ग्लाडिएटर्स ८ अंकसहित दोस्रो हुँदै क्वालिफायरका लागि छनोट भएको छ ।
४ ÷४ अंकका साथ तेस्रो र चौथो भएका ललितपुर पेट्रिअट्स र पोखरा राइनोज् पनि प्लेअफमा छनोट भएका छन् ।
काठमाडौं किङ्स इलेभेन र चितवन टाइगर्स समान २÷२ अंकका साथ बाहिरिएका छन् ।
छनोटको खेलमा आज भैरहवाले चितवनलाई ४ विकेटले हरायो । पहिले ब्याटिङ गरेको चितवनले निर्धा्रित् २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रनमात्र बनाएको थियो ।
कप्तान दीपेन्द्रसिंह ऐरी र योगेन्द्रसिंह कार्कीले समान १५र१५ रन जोडेको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा भैरहवाका कप्तान शरद भेषावकरले ३ विकेट लिए । त्यसैगरी, भुवन कार्की र हरिशंकर शाहले २र२ विकेट लिए ।
जवाफमा भैरहवाले १८ ओभर ३ बलमै ६ विकेट गुमाएर चुनौती पूरा र्गयो । पुनित मिश्रले ३० तथा रोहितकुमार पौडेलले २० रन जोडे । दीपेन्द्र र शहाव आलमले २र२ विकेट लिए ।
यस्तै आजै भएको छनोटको अन्तिम खेलमा ललितपुरले पोखरालाई ६ विकेटले हरायो ।
पोखराले पहिले ब्याटिङ गर्दै ५ विकेटको क्षतिमा निर्धा्रित् २० ओभरमा १३२ रन बनायो । सुनील धमलाले ६२ बलमा अविजित रहँदै ७० तथा राजेश पुलामीमगरले ३२ रन जोडे ।
जवाफमा ललितपुरले ‘म्यान अफ द म्याच’ भारतीय खेलाडी जयकिशन कोल्सावालाको ५५ रनको मद्दतले ४ विकेटको क्षतिमा अन्तिम बलमा विजय हासिल र्गयो ।
शंकर रानाले ३५ तथा कप्तान ज्ञानेन्द्र मल्लले १७ बलमा अविजित रहँदै २७ रनको योगदान दिए ।
पहिलो क्वालिफायर खेलमा बुधबार बिहान विराटनगर र भैरहवा भिड्दैछन् । विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले पोखरा र ललितपुरबीच इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटर खेल पनि बुधबार नै हुनेछ ।