भैरहवा इपीएल क्रिकेटको क्वालीफायरका लागि छानियो

भैरहवा इपीएल क्रिकेटको क्वालीफायरका लागि छानियो

  • मङ्लबार, पुस ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौं, पुस ११ । चितवन टाईगर्सलाई हराउँदै भैरहवा ग्ल्याडिएटर्स एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको क्वालीफायरका लागि छनौट भएको छ ।

कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा भैरहवाले चितवनलाई ४ विकेटले हरायो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओरभमा ९ विकेट गुमाएर ८७ रन बनायो ।

कुनैपनि ब्याट्सम्यान क्रिजमा जम्न नसकेको चितवनका लागि दिपेन्द्रसिंह ऐरी र योगेन्द्र कार्कीले समान १५र१५ रन जोडे । बलीङतर्फ भैरहवाका कप्तान शरद भेषावकरले ३ विकेट लिए ।

जवाफमा ८८ रनको सामान्य लक्ष्य भैरहवाले खेलमा ९ बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा र्गयो । भैरहवालाई विजयी गराउन पुनित मिश्रले ३० तथा रोहित पौडेलले २० रन जोडे ।

यो जितसँगै शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्ससँग फाईनल क्वालीफायर तय गरेको छ ।

विजेता टोली प्रतियोगिताको फाइनलमा पुग्दा पराजित हुने टोलीले ललितपुर प्याट्रिएट्स र पोखरा राईनोजबीच हुने प्ले अफ्बाट छानिने टोलीसँग दोस्रो क्वालीफायर खेल्ने मौका पाउनेछ ।

चितवन पराजित भएसँगै ललितपुर र पोखराले अन्तिम खेल अघि नैं प्ले अफ्मा ठाउँ सुरक्षित गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ