भैरहवा ग्लाडिएटर्सद्धारा पोखरा राइनोजलाई ७ विकेट पराजित

भैरहवा ग्लाडिएटर्सद्धारा पोखरा राइनोजलाई ७ विकेट पराजित

  • सोमवार, पुस १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं ,१० पुस । पोखरा राइनोजलाई ७ विकेटले पराजित गर्दै भैरहवा ग्लाडिएटर्स एभरेष्ट प्रिमियर लिग इपीएलको प्लेफमा प्रवेश गरेको छ।

पोखराले दिएको १०९ रनको लक्ष्य १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्दै भैरहवा दोस्रो चरणमा पुग्ने दोस्रो टोली बनेको हो। यसअघि नै पारस खड्काको कप्तानीमा रहेको टोली विराटनगर वारियर्स लिग चरणको पाँच वटै खेल जितेर शीर्ष स्थानमा रहदै क्वालिफायर्समा पुगिसकेको छ।

४ खेलबाट ६ अंक जोडेको भैरहवा दोस्रो स्थानमा छ। समान खेलबाट २ जित र २ हारको नतिजापछि ४ अंक रहेको पोखरा तेस्रो स्थानमा छ।

कीर्तिपुरस्थित टीयू मैदान टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको पोखरा १८.३ ओभरमा १०८ रनमै अलआउट भएको थियो। पोखराका लागि ओपनर इस्राउल्लाहले सर्वा्धिक ४१ रन बनाए। यस्तै सुनिल धमालाले १५ तथा आसिफ अलीले १० रन जोड्दा बाकी खेलाडीले दोहोरो अंक छुन सकेनन्। तिन खेलाडी शुन्यमा आउट भए।

पोखरालाई अलआउट गर्न भैरहवाका दिपेश श्रेष्ठ, शरद भेषावकर र कृष्ण कार्कीले २(२ विकेट लिए भने प्रथम सालुन्के, हरीशंकर शाह, आरिफ शेख र पुनित मेहराले समान १ विकेट लिए।

१०९ रनको लक्ष्य भैरहवाले ३ विकेट गुमाएर पूरा पूरा र्गयो। भैरहवाको तेस्रो जितमा आरिफ शेखले नटबउट ४८ रन बनाए। यस्तै कप्तान शरद भेषावर ३२ रनमा नटआउट रहे। आरिफले ४७ बल खेल्दा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै प्रथम सालुन्केले २५ रनको योगदान गरे।

बलिङमा पोखराका ताज वालीले २ तथा कप्तान शक्ति गौचनले १ विकेट लिए।

अब मंगलबार लिग चरणको अन्तिम २ खेल हुँदैछ। भैरहवाले चितवन तथा पोखराले ललितपुरसँग खेल्नेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ