इपीएलमा विराटनगरको लगातार पाँचौ जित , शीर्ष स्थानमा रहदै क्वालिफायर्सका लागि छनोट

इपीएलमा विराटनगरको लगातार पाँचौ जित , शीर्ष स्थानमा रहदै क्वालिफायर्सका लागि छनोट

  • सोमवार, पुस १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं पौष १० ।
विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग (इपीएल)को लिग चरणका सबै पाँच खेल जित्दै शीर्ष स्थानमा रहन सफल भएको छ ।

आज भएको लिग चरणको खेलमा विराटनगरले काठमाडौं किंग्स –११ लाई ८ रनले पराजित गरेको हो।

विराटनगरले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो।

लिग चरणका पाँच वटै खेलमा जित हात पारेको विराटनगर शीर्ष स्थानमा रहदै क्वालिफायर्सका लागि छनोट भएको छ । विराटनगरले अब फाइनल प्रवेशका लागि लिग चरणमा दोस्रो हुने टोलीसँग खेल्नेछ।

काठमाडौंले लिग चरणमा खेलेका ५ मध्ये १ खेल मात्र जित्दा ४ खेलमा पराजय बेहोरेको छ। चार हारपछि काठमाडौंले २ अंक मात्र जोडको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले बाबर हायतको अर्धशतक मद्दतमा ७ विकेट गुमाएर १४७ रन बनाएको थियो। हायतले ५० बल खेल्दै ५ चौका र ४ छक्काको मद्दतमा सर्वा्धिक ६७ रन बनाए। यस्तै अंशुमन रथले ३२ तथा कप्तान पारस खड्काले २५ रन जोडे।

ओपनर आसिफ शेख दोस्रो ओभरमा शुन्यमा आउट भएका थिए। त्यसपछि अंशुमन र हायतले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी गरे। बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङमा काठमाडौंका सोमपाल कामी र अमरसिंह रौउटेलाले २ –२ विकेट लिए।

जवाफमा काठमाडौंले निर्धा्रित २० ओभमा ९ विकेट गुमाएर १३९ रन बनायो। काठमाडौंका लागि कप्तान फरविज महारुफले ४२ तथा नरेश ढाएरले ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन।

३७ बल खेलेका महारुफ र ३२ बल खेलेका नरेशले समान ४ चौका प्रहार गरे। बलिङमा विराटनगरका अंशुमन रथले ३ तथा बसन्त रेग्मीले २ विकेट लिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ