एभरेष्ट प्रिमियर लिग क्रिकेटमा विराटनगरको लगातार चौथो जित

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा विराटनगरको लगातार चौथो जित

  • शनिबार, पुस ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाडौं, पुस ८ ।
एभरेष्ट प्रिमियर लिग अन्तर्गत आज भएको पहिलो खेलमा विराटनगर वारियर्स विजयी भएको छ । विराटनगरले भैरहवा ग्लाडिएटर्सलाई ३५ रनले पराजित गरेको हो ।
विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवालाई १८ ओभर ३ बलमा १ सय १४ रनमा अलआउट भएपछि विराटनगर ३५ रनले विजयी भयो । विराटनगरको यो लगातार चौथो जित हो । भैरहवालाई हराउन अविनाश कर्णले ४ र वसन्त रेग्मीले ३ विकेट लिए ।
यसअघि कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४९ रन बनाएको हो । विराटनगरका लागि हङकङका खेलाडी अंशुमन रथले ५७ र बाबर हायातले ३७ रन बनाए । त्यस्तै कप्तान पारस खड्काले १५ र प्रनित थापामगरले १४ रनको योगदान गरे । करण केसी ११ रनमा नटआउट रहे । भैरहवाका लागि हरिशंकर साहले ३ र आरिफ शेखले २ विकेट लिए ।
विराटनगरबाट खेलिरहेका हङकङका खेलाडी यो प्रतियोगितामै सबैभन्दा धेरै रन बनाउने खेलाडीको सूचीमा शिर्षस्थानमा छन् ।
हङकङका खेलाडी बावर हायत यो प्रतियोगितामा १ सय ७३ रन बनाएर धेरै रन बनाउने खेलाडीको शीर्षस्थानमा छन भने हङकङकै अर्का खेलाडी अंशुमन रथ १ सय ७२ रन सहित दोस्रो स्थानमा छन् । पारस खड्काको कप्तानीमा रहेको विराटनगर अहिलेसम्म अपराजित रहँदै प्रतियोगिताको प्लेअफमा पुगिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ