इङ्लिस प्रिमियर लिगमा आज चर्चित क्लबहरुको यस्तो छ भीडन्त ! आर्सनल र लिभरपुलले बराबरी खेले

इङ्लिस प्रिमियर लिगमा आज चर्चित क्लबहरुको यस्तो छ भीडन्त ! आर्सनल र लिभरपुलले बराबरी खेले

  • शनिबार, पुस ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं, पुस ८ । इङ्लिस प्रिमियर लिग फुटबलमा आज नौ खेल हुँदै छन् । नेपाली समयअनुसार साँझ सवा ६ बजे हुने खेलमा एभर्टन र चेल्सी भिड्दै छन् ।
त्यसैगरी पौने ९ बजे ब्राइटन र वार्टफोर्ड, म्यानचेस्टर सिटी र वर्नमाउथ, साउथ ह्याम्पटन र हडल्सफिल्ड, स्टोक र वेस्टब्रोम, स्वान्सी सिटी र क्रिस्टल प्यालस भिड्दा वेस्टहाम युनाइटेड र न्यूक्यासल युनाइटेड प्रतिस्पर्धा गर्दै छन् ।
आजै राति सवा ११ बजे बर्न्ले र टोटनह्याम हड्सपर तथा राति साढे १ बजे म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी भिड्दै छन् । आजका खेलपछि प्रिमियर लिग फुटबलको जारी सिजनका आधा खेल सकिनेछन् ।
यसअघि आर्सनलको मैदानमा गएराति भएको खेलमा आर्सनल र लिभरपुलले ३–३ गोलको बराबरी खेलेका छन् । बराबरीपछि ३५ अंकसहित लिभरपुल चौथो स्थानमा यथावत् छ भने ३४ अंक जोडेको आर्सनल पाँचौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ