पाचथर , ८ पुस ।
नवौं फाल्गुनन्द गोल्डकप फुटवलमा आज विर्तामोड युनाइटेड क्लव झापा, मिसन युनाइटेड फुटवल क्लव ताप्लेजुङ विच प्रतिस्पर्धा हुदैछ ।
खेल फिदिम माविको मैदानमा दिउँसो हुनेछ ।
यसअघि हिजो भएको खेलमा सुनसरी ११ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । उद्घाटन खेलमा डिभाइन ब्वाइज युनियन क्लव काठमाण्डौलाई ३–० ले पराजित गर्दै सुनसरी प्रतियोगिताको अन्तिम आठमा पुगेको हो । सुनसरीको जितमा तिर्थ बस्नेतले २ र सौजन याख्माले १ गोल गरे ।
सुनसरीले क्वार्टरफाइनलमा विभागीय टोली एपिएफ क्लवसँग प्रतिस्पर्धा गर्नेछ । एपिएफ सिधै वाई पाएर अन्तिम आठमा प्रवेश गरेको हो । यही पुस १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline