नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शुरु

नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता शुरु

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

 

पाँचथर, ७ पुस ।

सदरमुकाम फिदिममा नवौँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै नवनिर्वाचित सांसद वसन्तकुमार नेम्बाङले अब बन्ने स्थिर सरकारले खेलकुद क्षेत्रको विकास गर्ने बताउनुभयो । आजै भएको उद्घाटन खेलमा सुनसरी ११ ले डिभाइन ब्जाइज युनियन काठमाडौँलाई ३–० को अन्तरमा पराजित गरेको छ । सुनसरीको जीतमा खेल शुरु भएको तेस्रो र ३६ औँ मिनेटमा तीर्थ बस्नेतले दुई गोल तथा ६५ औँ मिनेटमा सौजन याक्खाले एक गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत शनिबार हुने खेलमा बिर्तामोड युनाइटेड झापा र मिसन युनाइटेड फुटबल क्लब ताप्लेजुङबीच प्रतिष्पर्धा हुने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतियोगिताको विजेताले रु तीन लाख र उपविजेताले रु दुई लाख हात पार्नेछन् । यही पुस १६ गतेसम्म हुने प्रतियोगितामा एपिएफ क्लब काठमाडौँ, यूकेफसी दार्जिलिङ, अग्नि रुपन्देही ११, बिर्तामोड युनाइटेड झापा, मिसन युनाइटेड क्लब ताप्लेजुङ, आयोजक फिदिम स्पोर्टिङ क्लब, त्रिभुवन आर्मी क्लब र मोरङ ११ गरी १० टोली सहभगी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ