हात नमिलाउँदा एन्फालाई एक लाख जरिवाना !

हात नमिलाउँदा एन्फालाई एक लाख जरिवाना !

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, पुस ७
खेलाडीले प्रतिस्पर्धी टिमसँग हात नमिलाएका कारण अखिल नेपाल फुटबल संघ एन्फाले १ हजार अमेरिकी डलार अर्थात १ लाख रुपैयाँ जरिवाना तिर्नु पर्ने भएको छ

एसियाली फुटबल महासंघ एएफसीले नेपाललाई जरिवाना तिराएको हो । १९ वर्षमुनिको एसिया कप छनौट अन्तर्गत अक्टुबर ३१ तारिखका दिन कीर्गिस्तानसँग भएको खेलपछि नेपाली खेलाडी विपक्षी खेलाडीसँग हात नमिलाई मैदानबाट बाहिरिएका थिए ।

खेलाडीले खेल भावना विपरीत व्यवहार गरेको भन्दै एएफसीले एन्फालाई जरिवाना तिराएको हो । खेलाडीले आउँदा दिनमा यस्तै व्यवहार देखाएमा एएफसीले यो भन्दा कडा कारवाही गर्न सक्ने चेतावनि समेत दिएको छ ।

कीर्गिस्तानको बिस्केकमा भएको यो खेलमा नेपाल २–० ले पराजित भएको थियो । बिस्केकमा खेलेका छनौटका ४ खेलमा एक गोल पनि गर्न नसकेको नेपाल अंक तालिकाको पुछारमा रहँदै फर्केको थियो । यो समूहबाट युएई आउँदो वर्ष हुने १९ वर्षमुनिको एशिया कपमा छनौट भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ