इपिएल क्रिकेट पोखरा राइनोज विजयी

इपिएल क्रिकेट पोखरा राइनोज विजयी

  • शुक्रबार, पुस ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौँ, ७ पुस ।
एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा राइनोजले काठमाडौँ किङ्स इलेभेनलाई पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा पोखराले काठमाडौँलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको हो । यसअघि भएको खेलमा पोखराले चितवन टाइगर्सलाई पराजित भएको थियो ।

यस खेलसँगै चार खेल खेलेको काठमाडौँले एक खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको छ । बिहीबार भएको खेलमा काठमाडौँले चितवन टाइगर्सलाई ३ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा ललितपुर र दोस्रो खेलमा भैरहवासँग पराजित भएको थियो । यस हारसँगै काठमाडौँको प्ले अफमा पुग्ने सम्भावना न्यून भएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँले पोखरालाई ९९ रनको लक्ष्य दिएको थियो । जसमा पोखराले १८.२ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । काठमाडौँ निर्धा्रित २० ओभरमा ८ विकेट गुमाएर ९८ रनमा समेटियो ।

पोखराको जितमा इसरारुलाहले सर्वा्धिक ४५ रनको योगदान दिए । त्यसैगरी सुनिल धमला २०, कप्तान शक्ति गौचन १८, राजेश पुलामी ८ तथा विनोद भण्डारीले ४ रन जोडे । काठमाडौँका लागि सागर पुनले दुई विकेट लिए भने विक्रम भुसालले एक विकेट लिए ।

यता काठमाडौँका लागि भने शुरुवाती ब्याट्सम्यान सागर पुनले सर्वा्धिक ३६ रनको योगदान दिए भने राजु रिजालले १७ तथा सोमपाल कामीले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

पोखराका कप्तान शक्ति गौचन, विक्रम सोव र सुसन भारीले समान दुई÷दुई विकेट लिए भने ताज वाली र इसरारुलाहले समान एक÷एक विकेट लिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ