ईपीएल क्रिकेटमा काठमाडौं किङस इलाभेनको पहिलो जित

ईपीएल क्रिकेटमा काठमाडौं किङस इलाभेनको पहिलो जित

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

६ पुस, काठमाडौं ।
एभरेष्ट प्रिमियर लिग क्रिकेट ईपीएल अन्तर्गत काठमाडौं किङस इलाभेनले चितवन टाइगर्स्बिरुद्ध ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।
प्रतियोगिताको आफ्नो तेस्रो खेलमा काठमाडौंको यो पहिलो जित हो भने यता चितवनको भने लगातार दोस्रो हार हो ।
सुरुवातका दुई खेलका लगातार पराजय ब्यहोरेको काठमाडौंले बिहीबारको खेलमा चितवनले दिएको १४३ रनको लक्ष्य १९.२ ओभरमा ७ विकेट गुमाएर पूरा र्गयो ।
काठमाडौंका लागि कप्तान फारविज महारुफले ३९ रन बनाए । ओपनर सागर पुन ५ रनमै आउट भएपछि आएका महारुफले अर्का ओपनर अमित श्रेष्ठसँग मिलेर ६५ रनको साझेदारी गरे । अमितले ३८ रन बनाए ।
कुनै समय सहज जिततर्फ उन्मुख काठमाडौंका मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा उसलाई जित हासिल गर्न अन्तिम ओभरसम्म कुर्नुपरेको थियो । काठमाडौंका लागि सागर कुमारले पनि २३ रन बनाएका थिए । बलिङतर्फ चितवनका प्रविन गुप्ताले २ विकेट लिँदा दिपेन्द्रसिंह ऐरी, साहव आलम र प्रमेश कुमारले एक एक विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धा्रित ओभरमा ७ विकेट गुमाएर १४२ रनको योगफल बनाएको थियो । चितवनका लागि ओपनर दिलिप नाथले ४६ र सविज खानले २७ रन बनाए पनि अन्यको प्रदर्शन सन्तोषजनक भएन । चितवनले १४ अतिरिक्त रन पाएको थियो ।
बलिङतर्फ काठमाडौंका कप्तान महारुफले ३ विकेट लिँदा सागर पुन, अमरसिंह रौतेला र विक्रम भुसालले एक एक विकेट लिए । खेलको म्यान अफ द म्याच काठमाडौंका कप्तान महारुफ चुनिका छन उनले १० हजार रुपैयाँ पुरस्कार समेत प्राप्त गरेका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी