एसियन चेस फेडेरेसनको कार्यशाला गोष्ठी सुरु

एसियन चेस फेडेरेसनको कार्यशाला गोष्ठी सुरु

  • बिहिबार, पुस ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाण्डौ ,पुस ६ ।
एसियन चेस फेडेरेसनको कार्यशाला गोष्ठी आजदेखि युएईको अलऐनमा सुरु भएको छ । एसियन मुलुकहरु सहभागी सम्मेलनले चेस खेलका प्रगति र पछिला २ वर्षमा चेसमा भएका सुधारका पक्षमा छलफल गर्दै भावी योजना तय गर्नेछ ।

सम्मेलनमा नेपालले समेत सहभागिता जनाएको छ । सम्मेलनमा सहभागी हुन नेपाल बुद्धिचाल संघका अध्यक्ष एकलाल श्रेष्ठ र सचिव धरम लामा बुधवार युएई आउनु भयो । उनीहरुलाई एभरेष्ट युएई मार्सल आट्र्स एण्ड स्पोर्टस क्लब, एनआरएन तथा नेपाली समाजका पदाधिकारीले स्वागत गरेका थिए ।

युएईको आबुधाबीमा २ वर्षअघि भएको चेस खेलमा नेपालले उत्कृष्ट अवार्ड पाएको थियो । पछिल्ला ४ वर्षमा एसियन मुलुकहरुको तुलनामा उत्कृष्ट खेल तथा चेस खेलको विकासमा सक्रियता देखाएको भन्दै एसियन चेस फेडेरेसनले नेपाललाई उत्कृष्ट अवार्ड दिएको थियो । बिहीबारबाट सुरु भएको सम्मेलन आइतबारसम्म चल्ने आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी